Logo

युनाइटेड सिमेन्ट्सको साहसीहरुलाई सलाम (भिडिओसहित)



काठमाडौं । नेपालकै सर्वोत्कृष्ट सिमेन्टमध्ये एक, युनाइटेड सिमेन्ट्सले जोखिमको यो कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तीमा खटिने तमाम आदरणीय महानुभावहरुको सम्मान स्वरुप एउटा भिडियो सार्वजनिक गरेको छ । यस म्यूजिक भिडियोको एक मात्र लक्ष्य भनेको यो कठिन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तीमा खटिने साहसीहरुलाई धन्यवाद भन्नु र सम्मानस्वरुप सलाम गर्नु हो ।

अहिले कोभिड-१९ ले पुरा विश्व नै आक्रान्त पारेको अवस्थामा, यो गीतले अग्रस्थानमा काम गर्ने सम्पूर्णको मनोबल बढाउने धारणा यूनाइटेड सिमेन्ट्सले ब्यक्त गरेको छ । रामकृष्ण ढकाल, सुगम पोखरेल, प्रमोद खरेल, रजिना रिमाल, मेलिना राई, मोहित मुनाल र सन्तोष दंगालको सुमधूर स्वर, रचनाकार सन्तोष पौड्यालको कुशल लेखन, मोहितमुनालको संगीत संयोजन र कलाकार व्यवस्थापन र अन्य थुप्रैको अथाह मेहेनतले युनाइटेड सिमेन्ट्सले यो म्यूजिक भिडियो सबै सामक्ष ल्याउन सफल भएको हो ।



प्रतिक्रिया दिनुहोस्