काठमाडौं, १ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री कृष्णप्रसाद सिटौलाले चीनले नेपालको सिमाना मिचेको छ है भन्ने प्रश्न सार्वजनिक रुपमै उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुपर्ने बताएका छन् । प्राइम टाईम्स टेलिभिजनबाट हालै प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘यो विषयमा प्रधानमन्त्रीले आफ्नो स्पष्टीकरण दिनुपर्छ । सरकारको धारणा के हो ? त्यो उहाँले राख्नुपर्छ ।’ हेर्नुहोस कुराकानीको पूरा भिडिओ :