सुनिल आचार्य (चिन्तक)
खेतमा धान झुल्यो होला कोदो पाखा भरी
गाँउको मात्र झल्को लाग्छ तस्बिर आँखा भरी
आज भोलि सपनिमा देख्छु गैरी खेत
सम्झनाले रेटिन्छ मन कैले होला भेट
सपनिमा कैले पुग्छु सल्लेरी डाँडैमा
कैले हुन्छु बा आमाको नजिकै आडैमा
कैले गर्छन लुटु पुटु काखामा छोरा छोरी
भेट्न पाय रुनि थिए अङ्गालोमा बेरी
प्यारी नि रुदि होलिन फोटो हेरी हेरी
कति दुःखी हुदि होलिन लामो सास फेरी
मखमलि फुल्यो होला घरको वरीपरी
दीदी बैनि रुदा होलान सम्झि घरी घरी
गाँउका साथि सङ्गिहरु घर फिरे होला
आउँछ भन्दै दाजु भाइले बाटो हेरे होलान
चाड बाड आउदा सारै दु ख लाउनि परदेशीलाई
कति गारो हुदो होला उता घरदेशिलाई
यसपाली नि सम्झनामा रुँदै बित्ने भयो
नबोल्नी त्यो तस्बिरलाइ छुदै बित्ने भयो
बाचे भने अर्को बर्ष फर्कने छु घर
मरे भने मन बुजाउनु जिन्दगि के छर
भर हुदैन पररेशीको जिन्दगि के छर
घर हुदैन पर्देशिको जिन्दगि के छर
सुनिल आचार्य (चिन्तक)
हाल प्रवास