काठमाडौं, १ कार्तिक । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापा कोभिड १९ संक्रमित भएपछि र स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको ॐ अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.ली.मा भर्ना भएका छन् । र, उनको सघ कक्षमा उपचार भैरहेको छ । थापालाई टाउको दुख्ने, ज्वरो आउने, श्वाँसप्रश्वाँसमा केही असहज महशुस भएपछि ॐ अस्पतालको आईसियूमा भर्ना भएका थिए । र, उनको अहिले आईसियुमै उपचार भैरहेको छ ।
उनको उपचारमा मेडिकल डाईरेक्टर समेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला, सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा. सुवोध सागर ढकाल, कन्सल्ट्यान्ट ईन्टेन्सिभिष्ट डा. प्रमेश सुन्दर श्रेष्ठको टोली संलग्न रहेको अस्पताल प्रशानले जनाएको छ ।
अस्पतालका अनुसार थापाको ज्वरो भने अहिले नियन्त्रणमा आएको छ । र, श्वाँसप्रश्वाँसमा भने अहिले समस्या देखिएको छैन् । थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पनि अस्प्तालले जनाएको छ ।