Logo

ब्राउनसुगरसहित पक्राउ



काठमाडौं, २ कात्तिक । अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु सहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सप्तरी अग्निसाई र कृष्णासवरन गाउँपालिका बकधुवास्थित सडकबाट ५० ग्राम ब्राउनसुगर जस्तो देखिने वस्तु सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा तिलाठी कोईलाडी गाउँपालिका निरज शर्मा र भरत शर्मा रहेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले स.७ प १८६५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त बस्तु सहित फेला पारी मोटरसाइकल चालक निरज र मोटरसाइकलमा सवार भरतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै सुर्खेत गुर्भाकोट नगरपालिका भेडावारीस्थित पुल मुनीबाट १ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ भेडावारीका रत्न परियारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

शंकास्पद अवस्थामा बसिरहेको अवस्थामा उनलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

सुनकोशी गाउँपालिका दुम्जाबाट नियन्त्रित लागूऔषध १ हजार ५ सय ट्याब्लेट नाईट्राभेट, ८ सय २५ पिस डाइजेपाम, ९ सय २६ एम्पुल नुर्फिन र ८ सय ६ पिस फेनारगन ईन्जेक्सन सहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रौतहट चन्द्रपुर नगरपालिका राजेश राम र राम अयोध्या राम रहेका छन् । प्रहरी चौकी कुशेश्वर दुम्जाबाट खटिएको प्रहरीले बर्दिवासबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ६८१७ नम्बरको सुमो गाडीमा सवार उनीहरुलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यसैगरी, पोखरा बिजयपुरबाट नियन्त्रित लागूऔषध ६० एम्पुल डाईजेपाम, ६० एम्पुल फेनारगन र ६० एम्पुल नुर्फिन सहित पोखरा घर भएका २९ वर्षीय प्रभात सुबेदीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको बताएको छ ।

ईलाका प्रहरी कार्यालय हंशपुर शिसुवाबाट खटिएको प्रहरीले उक्त लागूऔषध बोकी हिँडिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्