Logo

काठमाडौं उपत्यकामा आज १६९८ जना कोरोना संक्रमित थप



काठमाडौं,   २ कात्तिक । काठमाडौं उपत्यकामा आज एकै दिन  १६ सय ९८  जना कोरोना संक्रमित थपिएका छन् । देशभर २९  सय  ४२ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  १६ सय ९८ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  १४ हजार ८ सय ७५ जनाको पिसीआर परिक्षणमा  २९ सय  ४२ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा २३२६  जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ९२ हजार  १ सय  ६६ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका १४६९ जना र ललितपुरका  १३० जना र भक्तपुरका  ९९ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्