काठमाडौं, ४ कात्तिक । काठमाडौं उपत्यकामा आज एकै दिन १७ सय २ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३ हजार ९३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १७ सय २ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १३ हजार ८ सय ६१ जनाको पिसीआर परिक्षणमा ३ हजार ९३ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
त्यसैगरी आज २४ घन्टामा २१०८ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ९६ हजार ६ सय ९ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १४३१ जना र ललितपुरका १२३ जना र भक्तपुरका १४८ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।