काठमाडौं, ४ कात्तिक । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । आज बसेको बैठकले सरकारले यसअघि कोरोना भाइरसका सबै संक्रमितको उपचार नगर्ने भनी गरेको निर्णय सच्याउने भएको छ ।
सरकारले यससम्बन्धी निर्देशिका बनाइसकेकोमा सच्याउने भएको हो । कोरोना संक्रमित सबैको उपचार सरकार नगर्ने भनी निर्णय भएपछि सर्वत्र आलोचना भएको थियो । विपक्षी नेपाली काँग्रेसले मात्र नभई सत्तापक्षबाट समेत यसको चर्को आलोचना भएको थियो । यसपछि सरकार निर्णय सच्याउने निर्णयमा पुगेको हो ।