Logo

लागूऔषध सहित १० जना पक्राउ



काठमाडौं, ५ कात्तिक । छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित १० जना पक्राउ परेका छन् । कृष्णनगरबाट करिब ३ किलो अवैध लागूऔषध अफिम जस्तो देखिने बस्तु सहित रुकुम बस्ने ३५ वर्षीय लाले भन्ने लाल बहादुर खत्रीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

नेपाल–भारत सिमामा प्रहरीले जाँच गर्ने क्रममा नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनको झोलाबाट उक्त वस्तु सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

यसैगरी कृष्णनगर नगरपालिका–१ कुकुरभुकुवाबाट नियन्त्रित लागूऔषध २ सय २५ ट्याबलेट नाइट्राजेपाम र ३ सय ट्याब्लेट ट्रामाडोल हाईड्रोक्लोराईड सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङ घोराहीका विजय बानिया र आकाश गुप्ता रहेका छन् । ईलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल नेपाल बिओपी कृष्णनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

त्यस्तै मकवानपुर, हेटौडा चुरियामाईस्थित सडकबाट नियन्त्रित लागूऔषध २ सय ७५ पिस नाईट्रोभेट र १० बोतल उइनसिरेक्स सहित २ जना मंगलबार दिउँसो पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा हेटौंडाका सिताराम लामिछाने र दिनेश भण्डारी रहेका छन् । वीरगजंबाट हेटौंडा बजारतर्फ आउदै गरेको ना.२५प ६९५७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक लामिछाने र मोटरसाइकलमा सवार भण्डारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्