काठमाडौँ, ७ कार्तिक। ग्लोबल आइएमई बैंक(GBIME)ले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बिहीबार बसेकोे बैंक संचालक समितिको ३६४औं बैठकले आर्थिक वर्ष २०७६-०७७ को मुनाफा मार्फत उक्त लभांस वितरण गर्ने घोषणा गरेको हो ।
बैंकले १४ प्रतिशत बोनास शेयर र २ प्रतिशत नगद लाभांश सहित १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि बैंकका शेयरधनीले प्राप्त गर्ने छन् । उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने २४० अर्ब रुपैयाँ भन्दा बढी निक्षेप र २०६ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी रहेको छ ।-मेरोलगानी/File photo