Logo

उपत्यकामा कोरोना संक्रमणबाट अहिलेसम्म ३०३ को मृत्यु



काठमाडौं, ९ कात्तिक । उपत्यकामा बितेको २४ घन्टाभित्र थप दुईजना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । उनीहरु काठमाडौं र भक्तपुरका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा मात्र हालसम्म ३ सय तीन जना कोरोना भाइरसको संक्रमितको मृत्यु भएको छ । हालसम्म काठमाडौंमा एक सय ९३, भक्तपुरमा ५६ र ललितपुरमा ५४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशमा आज कुल पाँचजनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु पुष्टि भएको हो । हालसम्म ८ सय ४७ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्