Logo

१० जुवाडे नगदसहित पक्राउ



बाँके, १३ कात्तिक । तास खेलिरहेको अवस्थामा १० जना बुधबार राति पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका–४ बसपार्कस्थित कृष्ण सुबेदीको घरमा तास खेलिरहेको अवस्थामा सोही स्थान बस्नहरुे ४१ वर्षीय सन्तोष थापा लगायत १० जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

तास खेलिरहेको गोप्य खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटीएको प्रहरीले उनीहरूलाई नगद २९ लाख ४८ हजार ७ सय रुपैयाँ र ८ गड्डी तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्