Logo

कुटपिट गरी हत्या, ६ जना पक्राउ



दैलेख, १३ कात्तिक । कुटपिट गरी हत्या गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । नौमुले गाउँपालिका–१ राइले धनीगाउँका ४० वर्षीय भबिन्द्र शाहीको कुटपिट गरी हत्या गरेको अभियोगमा ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

भबिन्द्रलाई मंगलबार बेलुका ६ जना व्यक्तिहरुले कुटपिट गरी गम्भीर घाइते बनाएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र ईलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरीले उक्त घटनाको अनुसन्धानको क्रममा ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका भबिन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्