Logo

सलमान खानले सके राधेको सुटिंग



एजेन्सी, १३ कात्तिक । सलमान खानले राधे फिल्मको सुटिङ सकेका छन् । टाइगर सिरीजको अर्को फिल्म सुरु हुँदैछ त्यो भन्दा पहिले उनले ‘अन्तिम’ फिल्मको सुटिङ १५ नोभेम्बरबाट सुरु गर्दैछन् । ‘अन्तिम’ एक मराठी फिल्मको हिन्दि रिमेक हो जसलाई महेश मांजरेकरले निर्देशन गर्दैछन् ।

यो फिल्मका निर्माण सलमान कै भिनाजु आयुष शर्माले गर्दैछन्, जसको पहिलो फिल्म असफल भएको थियो । सलमानले उनलाई एक पटक फेरी अवसर दिएका छन् । अन्तिममा आयुष आफैपनि एक ग्याङस्टारको रोलमा अभिनय गर्दैछन् । यस फिल्मबाट आयुषले आफ्नो इमेज पनि बदल्न खोजेका छन् ।

सलमान खान यस फिल्ममा प्रहरी अफिसरको रुपमा देखिनेछन् । उनको रोल लामो नभएपनि दमदार चाहि हुनेछ । सलमान यस मुभिमा फिल्मको तौल बढाउनको लागि भएपनि खेल्दैछन् ।



प्रतिक्रिया दिनुहोस्