Logo

कोरोना संक्रमणबाट आज थप १७ जनाको मृत्यु



काठमाडौं, १३ कात्तिक । कोरोना संक्रमणबाट आज थप १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ९०४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित २३ सय ६४ थपिएका छन् । आज ३ हजार ३८ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म १ लाख ६४ हजार ७ सय १८ संक्रमित भएपनि १ लाख २४ हजार ८ सय ६२ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३८ हजार ९ सय ५२ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १ लाख ४२ हजार ९ सय ६४ जनाको पिसीआर परिक्षण भएको छ भने ३८ हजार ९ सय ५२ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या २ हजार ६ सय ८९ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्