Logo

काठमाडौंमा कोरोना संक्रमितको सख्या ५९ हजार नाघ्यो



काठमाडौं, १३ कात्तिक । काठमाडौंमा हालसम्म ५९ हजार २ सय ४७ जना कोरोना संक्रमित भएका छन् । त्यसमध्ये ४२ हजार ५ सय ४ जना कोरोना संक्रमण निको भई घर फर्किसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल काठमाडौंमा १६ हजार ५ सय २१ जना संक्रमितको उपचार भइरहेको छ भने कोरोना संंक्रमणबाट काठमाडौंमा २०९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै गरी १० हजार ५ सय १ जना होम आइसोलेशनमा बसेका छन् ।

देशभर संक्रिय संक्रमितको सख्या ३८ हजार ९ सय ५२ रहेको छ । भेन्टिलेटरमा ७६ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी आईसीयुमा ३०४ जनाको उपचार भइरहेको छ ।

काठमाडौं उपत्यकामा आज एकै दिन १६ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २३ सय ६४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १६ सय १५ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामार्फत ९ हजार ७ सय ६९ जनाको पिसीआर परिक्षणमा २३ सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको हो ।

त्यसैगरी आज २४ घन्टामा ३०३८ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख २४ हजार ८ सय ६२ रहेको छ देशभर कुल संक्रमितको सख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । हालसम्म काठमाडौं उपत्यकामा थपिएका मध्ये महिला २१ हजार ९ सय ६ र पुरुष ३७ हजार ३ सय ४० रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्