Logo

कमल थापाले किन देखे देशको स्वतन्त्रता र अस्तित्वमाथि खतरा ?



काठमाडौं, १४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको स्वतन्त्रता र अस्तित्वमाथि खतरा देखेका छन् । उनले यसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको नीतिलाई कारण भनेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै थापाले भारत र चीनसँगको सम्बन्धमा रणनीतिक सन्तुलन, समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार रहेको भन्दै नेकपा र काँग्रेस त्यसविपरित गएको आरोप समेत लगाए । पछिल्लो समय नेकपा चीनतर्फ र काँग्रेस भारततर्फ ढल्केको आरोपहरु लागिरहँदा थापाको भनाई आएको हो । उनले नेपालमा अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको समेत टिप्प्णी गरेका छन् ।

भारतको गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयल नेपाल आएर फर्किएपछि नेकपाभित्र तरंग आइरहेको छ । लगत्तै अमेरिकी विदेशमन्त्री माइक पम्पिओले भारत भ्रमण गरेपछि क्षेत्रीय राजनीतिमा टकरावहरु बढेको छ । त्यसप्रति पनि थापाको संकेत देखिन्छ ।

उनले लेखेका छन्ः भारत र चिनसंगको सम्वन्धमा रणनीतिक संतुलन,समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो। तर,सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ।देशको स्वतन्त्रता/अस्तित्ववारे समयमै सचेत बनौं



प्रतिक्रिया दिनुहोस्