Logo

ओली-प्रचण्डबीच एकता समापन हुनलागेको खगेन्द्र संग्रौलाको भविष्यवाणी



काठमाडौं, १४ कात्तिक । लेखक खगेन्द्र संग्रौलाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको एकता समापन हुने दिन नजिकिएको बताएका छन् । उनले दुवै नेताहरुको एकताको आधार सिद्धान्त र आदर्श नभई शक्ति र पैसाको लुछाचुडीको भएको टिप्पणी समेत गरेका छन् ।

आज एक ट्वीट गर्दै संग्रौलाले ओली र प्रचण्डमध्ये एकले अर्कोलाई पार्टीबाट लखेट्ने दिन आउन लागेको समेत बताएका छन् । नेकपाभित्र अध्यक्षद्वय ओली र प्रचण्डबीच विवाद बढ्दै जाँदा संग्रौलाको भनाई सार्वजनिक भएको हो ।

उनले लेखेका छन्ः नेकपा डबलका केपी र पीकेकाे “एकता”काे अाधार सिध्दान्त,अादर्श र मूल्य हाेइन।याे केवल अख्तियार र द्रव्ययुक्त पदहरूकाे लुछाचुँडीकाे “एकता” हाे।याे अन्तहीन द्वेषपूर्ण लुछाचुँडीकाे अन्त्य तब हुन्छ जब कुनै एकले अर्कालाई दलबाटै लखेट्छ।अलि दिन बँच्नुमात्र पर्छ,याे “एकता”काे समापन देखिन्छ।



प्रतिक्रिया दिनुहोस्