Logo

१० जना जुवाडे पक्राउ



काठमाडौं,१४ कात्तिक । जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका– कोतघरस्थित धनसिंह गोपालीको घरमा तास खेलिरहेको अवस्थामा गोपाली लगायत १० जनालाई शुक्रबार दिउँसो प्रहरीले प्रक्राउ गरेको हो ।

उक्त घरमा तास खेल्ने खेलाउने कार्य भईरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३३ हजार ७५ रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्