Logo

माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गर्दैगर्दा पक्राउ



तनहुँ, १४ कात्तिक । बैंक एटिएम तोडफोड गर्न खोज्ने व्यक्ति लागूऔषध सहित पक्राउ परेका छन् । व्यास नगरपालिका–४ ट्राफिक चोकस्थित माछापुच्छ्रे बैंकको एटिएम बक्स तोडफोड गर्दै गरेको अवस्थामा पर्सा पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरटाढी घर भएका किरण बानियाँलाई नियन्त्रित लागूऔषध १ सय ३५ ट्याब्लेट नाईट्राभेट सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

बानियाँले पैसा लुट्ने योजनाको साथ उक्त एटिएमको पिनहरू स्क्रुपको सहायताले खोल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले फेला पारी जाँच गर्दा उनले बोकेको झोलाभित्र लुकाई राखेको अवस्थामा उक्त लागू औषध र उनले प्रयोग गरेको ग.११ प ९९६५ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको जनाएको छ । बानियाँमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्