Logo

१८ वर्षमा प्रियंका चोपडा मिस वर्ल्ड हुँदा आमाले गरिन् यस्तो सवाल



एजेन्सी, १४ कात्तिक । अभिनेत्री प्रियंका चोपडाले इ.स.२००० मा मिस वर्ल्डको ताज जितेकी थिइन् । त्यो समयमा प्रियंका १८ वर्षकी थिइन् । हाल २० वर्ष अगाडिको उनको विशेष पल सम्झदै आज एक सानो भिडियो सेयर गरेकी छिन् ।

भिडियो सेयर गर्दै प्रियंकाले मिस वर्ल्ड जितेपछि उनकी आमाले बोलेको टिपिकल हिन्दी शब्दबारे केही बताएकी छिन् । धेरै वर्षअघिको त्यो क्षण सम्झदै भिडियोमा दुवैजना निकै हाँसेका छन् । यो भिडियो भाइरल भएको छ ।

प्रियंकाले भिडियो सेयर गर्दै लेखेकी छिन्, “मिस वर्ल्ड २००० मा म १८ वर्षको थिए र म मिस वर्ल्ड बनेको थिए । स्टेजमा भिड बन्दै गएको थियो र मैलै बुवा आमालाई भेटे र मेरी आमाले मलाई भन्नुभयो ‘अब तिम्रो पढाई के हुन्छ ?’”

भिडियोमा मिस वर्ल्डको टाइटल जितेपछि प्रियंका भावुक भएको देखिएको थियो । जहाँ प्रियंकाले रनरअपलाई अगांलो मारेकी थिइन् र उनले क्राउन लगाएकी थिइन् । २० वर्ष पछि प्रियंका र उनकी आमा मधु चोपडाले उक्त विशेष दिनको सम्झना गर्दै गरेको देखिन्छ ।

प्रियंकाले भिडियोमा आमा मधु चोपडालाई सोधिरहेकी छिन् त्यो दिनको के याद छ ? उनको प्रश्नमा आमा मधुले छोरीको नाम मिस वर्ल्ड भनेर भनिरहँदा आफु कुर्सीमा लुकेको र सबै भारतीयहरुले उठेर ताली बजाएको रमाइलो सत्य घटना सुनाएकी छिन् ।

प्रियंकाले मिस वर्ल्डको ताज पहिरिदा उनका भाई सिद्धार्थ १२ वर्षका थिए । उनले दिदीले ताज जित्दा निकै खुशी भएको जवाफ दिएका छन् । उनले आफु तुरुत्नै अमेरिका पढाईको लागि जान परेको यथार्थ पनि भिडियोमा बताएका छन् ।

अब प्रियंका चोपडा नेटफ्लिक्सको फिल्म ‘द व्हाइट टाइगर’ मा राजकुमार रावको साथमा देखिदै छिन् । यसको साथै कियान रीब्सको हलिउड फिल्म ‘मैट्रिक्स ४’ मा देखिने भएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्