Logo

कोरोनाबाट आज थप  १६ जनाको मृत्यु



काठमाडौं,  १४ कात्तिक । कोरोना संक्रमणबाट आज थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ९२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ३५ सय १७  थपिएका छन् । आज ४ हजार ९६ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म १ लाख  ६८ हजार २ सय ३५ संक्रमित भएपनि १ लाख २८ हजार ९ सय ५८ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३८ हजार ५ सय ५७ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १४ लाख ३४ हजार ५३  जनाको पिसीआर परिक्षण भएको छ भने ३८ हजार ३ सय ५७ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या २ हजार ६ सय ६६ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्