कैलाली, कार्तिक १५ । कैलालीमा कोरोना संक्रमितको शव कब्रिस्तानमा गाडेको विषयमा विरोधसंगै कब्रिस्तानमा बन्देज लगाएपछि २४ घण्टादेखि मुस्लिम पुरुषको शव घरमै रहेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले कब्रिस्तानमा कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएकाले अर्को व्यवस्था नहुन्जेल सम्मकालागि भन्दै रोक लगाएपछि मुस्लिम परिवारले अन्तिम संस्कार गर्न नपाएका हुन् ।
कब्रिस्तानमै शव गाड्न रोक लगाइएपछि शुक्रबार विहान दुबै मृगौला फेल भएर धनगढी उपमहानगरपालिका १ का ५० वर्षीय शुक्रबार बिहान दुवै मृगौला फेल भएर मृत्यु भएका सोही वडाका मोहमद जमसेदको शव २४ घण्टादेखि घरमै छ । अन्यत्र कब्रिस्तान नहुँदा शुक्रबार बिहान ५ः ३० बजेदेखि शवलाई घरमै राखिएको छ ।
स्थानीय प्रशासन र जनप्रतिनिधिको अवरोधका कारण बुवाको अन्तिम संस्कार गर्न नपाएपछि मुस्लिम समुदायममा पीडामाथि पीडा थपिएको मृतकका छोराले बताएका छन् । आज दिउँसो सम्म प्रशासनले निकास नदिएमाजे पनि हुनसक्ने मुस्लिम समाजको चेतावनी रहेको छ ।