Logo

सरकारलाई कुन चिजमा पार्टीको अवरोध भयो ? : युवराज ज्ञवाली (भिडिओसहित)



काठमाडौं, १५ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले नेकपा ठूलो पार्टी भएकोले बहस, विवाद र छलफल पनि धेरै हुने तर्क गरेका छन् । आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई असफल बनाउन लागेको भन्ने आरोप गलत भएको स्पष्ट पारेका छन् । उनले भने(‘हामी यो सरकार असफल पार्ने बाटोमा लागेका छौं । सरकारलाई कसले असहयोग गर्यो ?’ हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारलाई कुन चिजमा पार्टीको अवरोध भयो ? भन्ने प्रश्नसमेत तेर्साए ।



प्रतिक्रिया दिनुहोस्