Logo

ओली-प्रचण्ड संवादहीनतामा आइसब्रेक



काठमाडौं, १५ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ११ दिन लामो संवादहीनतामा आइसब्रेक भएको छ । असमझदारी बढेपछि दुवै नेताबीच संवाद बन्द भएकोमा आज छलफल भएको हो ।

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका छन् । उनले बारम्बार भेटका लागि आएको बोलावटलाई बेवास्ता गर्दै आएकोमा आज बालुवाटार प्रवेश गरेका हुन् ।

ओली र प्रचण्डबीचको संवादहीनता अन्त गर्न बुधबारयता नेताहरु सक्रिय हुँदै आएका थिए । ओलीको दूत बनेर शंकर पोखरेलले बुधबार प्रचण्डलाई भेटेका थिए । बिहिबार महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र बिहिबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खुमलटार पुगी भेटेका थिए । उनीहरुको बारम्बारको प्रयासपछि संवाद सम्भव भएको बुझिएको छ ।

नेकपाभित्र ओलीको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट बनेका छन् । उनले मन्त्रिमण्डल पुर्नगठन, राजदूत नियुक्ति, कर्णाली प्रदेशको विवादमा असन्तुष्टि जनाएको बुझिएको छ ।-फाइल तस्वीर



प्रतिक्रिया दिनुहोस्