काठमाडौं, १६ कार्तिक । नेपाल–भारत मामिलाका जानकार जनरल मेजर अशोक मेहताले अब दुई देशबीचको सम्बन्ध सुमधुर हुने विश्वास दिलाएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मेहताले भने,‘मलाई लाग्छ, अब अगाडिको बाटो खुल्न लागेको छ । अध्याँरोमा लाईट देखिएकोजस्तो छ, अहिले राम्रो सुरुवात भैरहेको छ । भारतीय सेनाअध्यक्ष जनरल नरभाणे नोभेम्बर ४ मा काठमाडौं पुग्दैहुनुहुन्छ ।’ उनले नेपाल–भारत सम्बन्धमा आईब्रेक गत अगष्ट १५ मा नै सुरु भएको दाबी गरे ।