Logo

मलाई युवा नभन्नु भन्दै ऋषि धमलासँग यसरी जंगिए रञ्जित कर्ण (भिडिओसहित)



काठमाडौं, १६ कार्तिक । नेपाली कांग्रेसका नेता रञ्जित कर्णले आफूलाई युवा नभन्न पत्रकार ऋषि धमलासँग आग्रह गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘ऋषिजी, तपाईको सम्बोधन युवा नेता भन्नुभयो, यसमा मेरो असहमति छ । म युवा होईन् । म ४५ वर्ष हुन लागें । मलाई युवा भनेर बोलाउनुभएको हो भने अब अर्को प्रोगाममा नबोलाउनुहोला । युवा पुस्ता मेरो सक्किएको छ । अन्तर्राष्ट्रिय मापदण्ड हेर्दापनि ३५ वर्षलाई मात्रै युवा मानिन्छ ।”



प्रतिक्रिया दिनुहोस्