Logo

गुटभन्दा माथि उठ्न ओली-दाहाललाई देवेन्द्र पौडेलको सुझाव (भिडिओसहित)



काठमाडौं, १६ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच झण्डै एक हप्तापछि कुराकानी सुरु भएको उल्लेख गर्दै दुवै अध्यक्ष स्थायी कमिटी, सचिवालयको म्याण्डेटअनुसार चल्नुपर्ने बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

https://www.facebook.com/RishiDhamalaOfficial/videos/2819827451596766

उनले भने,‘उहाँहरुको बीचमा समझदारी हुन्छ । हुनकै लागि हामीले पहल गर्छौं ।’ उनले दुई अध्यक्षबीच सहमति खोज्नुको विकल्प नभएको जिकिर गरे । नेताहरुले विवाद, विमति र असहमतिको बीचमा पनि सहमति खोज्नुपर्ने उनको तर्क छ । कर्णालीको विवाद र पर्साको घट्नाले अलि अलि भैराखेको छलफललाई विषयान्तर गरेको उनको भनाई छ । नेता पौडेलले रअ प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको शिष्टाचार भेटवार्तालाई लिएर आपत्ति जनाउनुपर्ने कारण नरहेको पनि स्पष्ट पारे । उनले अध्यक्षद्धयलाई समस्या समाधान गर्नको लागि दोस्रो तहका नेताहरुले सक्रिय भूमिका खेल्नुपर्ने र कसैले पनि अध्यक्षलाई प्रोभोक गर्न नहुने सुनाए । File Photo



प्रतिक्रिया दिनुहोस्