Logo

उपत्यकामा एकैदिन १६२२ कोरोना संक्रमित थप



काठमाडौं, १६ कात्तिक । काठमाडौं उपत्यकामा आज एकै दिन  १६ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २८ सय २४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  १६ सय २२ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा  १३ हजार २३   जनाको पिसीआर परिक्षणमा २८  सय २४ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

त्यसैगरी आज २४ घन्टामा ३६ सय २० जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ३४ हजार ८ सय  ४२ रहेको छ । देशभर कुल संक्रमितको सख्या  १लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्