Logo

लेनदेनको व्यापारिक स्वार्थमा अडेको एकता अर्को सम्झौतापछि समाधान भैहाल्छ नि : बाँस्कोटा



काठमाडौं, १६ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले पार्टीभित्र उत्पन्न भएको संकटलाई ठूलो रुपमा लिएका छैनन् । उनले सिद्धान्त र संगठनात्मक प्रणालीसहितको संकट उत्पन्न भएको भए पो संकट मान्नु भन्दै प्रश्न उठाएका छन् । उनले भनेका छन्,‘सिद्धान्त र संगठनात्मक प्रणाली सहितको सङकट उत्पन्न भएको भए पो सङ्कट मान्नु लेनदेनको ब्यापारीक स्वार्थमा अडेको एकता अर्को सम्झौता पछि समाधान भैहाल्छ नि।वेकारको हल्ला।”



प्रतिक्रिया दिनुहोस्