Logo

शाहरुख खानको आज जन्मदिन, बलिउडमा विशेष योगदान रहेको खुलाशा



एजेन्सी, १७ कात्तिक । बलिउड बादशाह शाहरुख खान आजबाट ५५ वर्ष प्रवेश गरेका छन् । आज उनले घरपरिवार र साथीहरुसँग आफ्नो जन्मदिन मनाउदै छन् । बलिउडको इतिहासमा उनको विशेष योगदान रहेको छ । उनले सुरुदेखि नै धेरै मेहेनत गरेकै कारण आज चर्चित छन् ।

शाहरुख खानको आमाले यदि खर्च कमाई धन्दा धेरै भएमा खर्च गर्नुको सट्टा कमाईको बारे सोच्नु भन्ने गर्थिन् । शाहरुख खानले आमाको यहि कुरालाई मनमा लिए र नयाँ कामको खोजी गर्न थाले । उनले फिल्मको साथै अन्य काम गरेर पनि पैंसा कमाउन थाले । शाहरुख खानले उद्योगलाई नै माथि उकास्नमा लागे । पछि उनी प्रति उद्योग र फिल्म व्यवसायीले हेर्ने नजर नै फेरियो ।

फिल्मको प्रचार गर्ने शैलीमा उनले नै परिर्वतन गरेका थिए । फिल्मको प्रचार  खानले पोस्टर र ट्रेलरको साथमा फिल्मको प्रचार गर्न सुरु गरे । जहाँ धेरै भन्दा धेरै रेडियो र टिवीमा विज्ञापन दिने गर्थे । छोटे पर्दाको शक्ति वा माध्यमले शाहरुख खानले नै दर्शकहरुलाई सिनेमा घरमा आकर्षित गरेका हुन् । यसरी उनी आक्रामक तरीकाले आफ्नो फिल्मको प्रचारको लागि आफै जान थालेका थिए ।

पहिला पहिला विज्ञापनबाट कलाकारको खोजी हुन्थ्यो तर शाहरुख खानले विज्ञापनलाई एक राम्रो र सजिलो पैसा कमाउने माध्यमको रुपमा स्थापित गरिदिए । फिल्म र विज्ञापनको साथै शाहरुख खानले कमाई गर्ने अरु पनि तरीका पत्ता लगाए । कसैको विवाहमा सम्मानको लागि मात्र नभएर डान्स गरीदिए वापत पैसा लिन सुरु गरे । धनी मानिसहरुले वैवाहिक कार्यक्रममा जति पनि पैसा खर्च गर्न चाहान्थे त्यसको फाइदा लिएर करौडौ पैसा आफुले पनि कमाए अन्य कलाकारहरुलाई नयाँ रोजगारीको माध्यमको रुपमा पनि डान्सलाई स्थापित गराइदिए । शहरमा हुने विभिन्न कार्यक्रममा सबैको शान शाहरुख खान हुन थाले ।

पहिला देशका सिनेमा घरमा मात्र सिमित हुने फिल्महरु उनले नै बिभिन्न देशहरुमा प्रर्दशन गर्न सुरु गरे र करौडौ कमाउन सुरु गरे । अन्य देशहरुमा उनका फिल्म प्रर्दशन हुँदा फिल्म निर्मातालाई पनि धेरै फाइदा भयो र शाहरुख खानले यसरी करोडौ कमाए ।



प्रतिक्रिया दिनुहोस्