Logo

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्न सरकारले दिएको निर्देशन आपत्तिजनक : शर्मा



काठमाडौं, १८ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्न सरकारले मातहतलाई दिएको निर्देशन आपत्तिजनक रहेको टिप्पणी गरेको छ । मंगलबार विहान कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो आपत्ति जनाएका हुन् । उनले लेखेका छन्,‘ `संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल´ नलेख्न सरकारले मातहतलाई दिएको निर्देशन आपत्तिजनक छ l@Pm_Nepal  जेल बस्दाको सिद्धान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबद्धता ? होसियार ! संविधानको मर्म विरुद्धको कर्म ठाडै अस्वीकार्य छ ! जय नेपाल !!”

 



प्रतिक्रिया दिनुहोस्