Logo

सुन तथा चाँदीको मूल्य वृद्धि



काठमाडौँ, १८ कार्तिक । मंगलबार सुन तथा चाँदीको मूल्य उकालो लागेको छ । यसदिन सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दुई दिन आइतबार र सोमबार सुन प्रतितोला ९५ हजार रुपैयाँ तोकिएको थियो ।

यसैगरी चाँदीको भाउ पनि मंगलबार बढेको छ । यस दिन चाँदी पाँच रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार २१० रुपैयाँमा खरिदबिक्री हुँदैछ । सोमबार चाँदी प्रतितोला एक हजार २०५ रुपैयाँमा किनबेच भएको थियो ।-मेरोलगानी/File Photo



प्रतिक्रिया दिनुहोस्