Logo

जंगली बँदेल सहित ५ जना पक्राउ



काठमाडौं, १८ कात्तिक । जंगली बँदेल मारेको अभियोगमा ५ जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–४ सेतेपहराबाट जंगली बँदेल मारेको अभियोगमा ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिका–९ चितलाङका रामदास देउला, सरोज देउला, भिमदास पोडे तथा रामचरण पोडे र राजेश देउला रहेका छन् ।

चन्द्रागिरी नगरपालिका–४ सेतेपहरा थानकोटस्थित जंगलमा जंगली बँदेल मारी ओसारपासर गरिरहेको समयमा पुगेको प्रहरीले मृत अवस्थामा रहेको जंगली बँदेल बोकी लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाएको उक्त वृत्तले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्