Logo

तास खेलिरहेको अवस्थामा पक्राउ



प्युठान, १८ कात्तिक । तास खेलिरहेको अवस्थामा १० जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । माण्डवी गाउँपालिका–३ लामाचौरस्थित शरद केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँका सुरज कार्की लगायत १० जना पक्राउ परेका हुन् ।

तास खेल्दै गरेको गोप्य सूचनाको आधारमा प्रहरी कार्यालय प्युठान र प्रहरी चौकी देबिस्थानबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६८ हजार ४० रुपैयाँ र एक गड्डी तास सहित पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्