एजेन्सी, १८ कात्तिक । बलिउड अभिनेत्री दीपिका पादुकोणको म्यानेजर करिश्मा प्रकाशमाथि सुशान्त सिंह राजपुतको हत्या प्रकरणमा जोडिएको लागुऔषध केस चलिरहेको छ । नारकोटिक्स कन्ट्रोल ब्युरोले यसको अनुसन्धान गरिरहेको छ । एनसीबीले म्यानेजर करिश्मासँग पछिल्लो समयमा कुनै सम्पर्क नभएको पनि बताइरहेको छ । एनसीबीका अधिकारीका अनुसार एनसीबीले सोधपुछको लागि करिश्मालाई बोलाएको थियो तर, उनी हालसम्म सम्पर्कमा गएकी छैनन् र कहाँ छिन कुनै जानकारी छैन् ।
समाचार एजेन्सी आइएएनएस अनुसार, एनसीबीको श्रोतलाई उद्धृत गर्दै बताइएको छ, अक्टोबर २७ मा एनसीबीले करिश्मा, उनका कर्मचारी र उनकी आमालाई एनसीबीमा उपस्थित हुन बोलाइको थियो । तर, हालसम्म न त सम्पर्क गरेकी छिन् न त कुनै खबर ।
पछिल्लो महिनामा उनको घरमा १.७ ग्राम चरेस र सीबीडी आइलको बोतल भेटिएपछि एनसीबीले सोधपुछको लागि बोलाएको थियो । यो भन्दा पहिला दीपिका र करिश्मा प्रकाश एक पटक सोधपुछको लागि एनसीबीमा उपस्थित भएका थिए । दीपिकाको साथै एनसीबीले श्रद्धा कपुर, सारा अलि खानसँग पनि लागुऔषध सम्बन्धि सोधपुछ गरेको थियो । उनीहरुको फोन पनि केही दिनका लागि एनसीबीले जफत गरेको थियो ।
सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणबारे अनुसन्धान चलिरहेको छ र कलाकार रिया चक्रवर्तीलाई गिरफ्तार गरेर पनि धरौटीमा रिहा गरेको छ ।