काठमाडौं, १८ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी महाधिवेशनको लागि वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आज (मंगलबार) महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आउने मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।
ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गरेका छन् । यसैगरी महासंघको केन्द्रीय सदस्यमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकास अधिकारी, जय सिबाकोटी, सुबास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुबोध कुमार गुप्ता, सुमित केडिया, रबिन कुमार श्रेष्ठ, नरेश लाल श्रेष्ठले उम्मेद्वार दर्ता गराएका छन् । File Photo/ReportersNepal