Logo

काठमाडौं आज १४६८ कोरोना संक्रमित थपिए



काठमाडौं, १८ कात्तिक । काठमाडौं उपत्यकामा आज एकै दिन १४ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३१  सय १४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  १४ सय ६८ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा  ११ हजार १ सय   ६६ जनाको पिसीआर परिक्षणमा ३१  सय १४ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

त्यसैगरी आज २४ घन्टामा ३१४२ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या  १ लाख ४१ हजार  १ सय ३४  रहेको छ । आज काठमाडौं उपत्यकामा थपिएका १४ सय ६८ जना मध्ये  ६४९ महिला र ८१९ पुरुष रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्