काठमाडौं, कार्तिक १९ । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणे औपचारिक भ्रमणका क्रममा आज काठमाडौं आउने कार्यक्रम रहेको छ ।
हालै भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलले नेपालको भ्रमण गरेका थिए । नेपाल र भारतबीच कुटनितिक सम्बन्धमा चिसोपन आइरहेका बेला गोयलको भ्रमणले नेपालको पछिल्लो राजनीतिमा तरंग ल्याईसकेको। गोयलको भ्रमण लगत्तै नरावणे तीनदिने भ्रमणमा आउन लागेका छन्।
नरावणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि बिहिबार नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । नरावणे प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल आउदै छन् ।