Logo

युवा क्लवको भवनमा महिला बलात्कृत, युवक पक्राउ



काठमाडौं, १९ कात्तिक । जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । ओखलढुंगाका ४१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङका सुशिल सार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सार्कीले ती महिलालाई सोही ठाउँस्थित लिब्जु न्यूस्टार युवा क्लवको भवन आँगनमा जबरजस्ती करणी गरेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
त्यस्तै, सुनसरीको १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका–१८ घर भएका २२ वर्षीय टेक नारायण चौधरी लगायत ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरूले ती बालिकालाई धरान उपमहानगरपालिका–१० पुतली लाईन रमाईलो चोकस्थित निर्माणाधिन भवनमा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्