Logo

पटाका सहित एकजना पक्राउ



काठमाडौं, १९ कात्तिक । ८ बोरा पटाका सहित एकजनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गहरेको छ । टोखा बस्ने रौतहट संगरामपुर नगरपालिका–८ घर भएका ३८ वर्षीय मनोज झा ८ बोरा विभिन्न किसिमका पटाकासहित पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त महाराजगंजबाट खटिएको प्रहरीले मनोजको कोठा तलासी गर्दा उक्त पटाका फेला पारेको जनाएको छ ।

त्यस्तै, मोरङको जहदा गाउँपालिका–६ ठेकी टोलबाट १ सय ५० प्याकेट कोब्रा पटाका मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । सिमा प्रहरी चौकी पोखरीयाबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको उक्त पटाका सोही ठाउँमा फाली फरार भएपछि प्रहरीले बरामद गरेको बताएको छ ।

फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्