Logo

‘कृष्ण लीला’ मा दीपिका बाहिरिएपछि श्रद्धाले पाइन् मौका



काठमाडौं, १९ कात्तिक । नयाँ निर्माण हुन लागेको नेपाली फिल्म ‘कृष्ण लीला’मा नायिका परिर्वतन गरिएको छ । केही दिन अघि मात्र फिल्ममा अनुबन्धीत भएकी नायिका दीपिका प्रसाईले हात झिकेपछि उनको स्थानमा श्रद्धा क्षेत्रीलाई राखिएको हो ।

स्वास्थ्य समस्या देखाउँदै नायिका दीपिका प्रसाई बाहिरिएपछि अर्की नायिका राख्नु परेको फिल्म निर्माणपक्षले जनाएको छ । श्रद्धा श्रेत्री लामो समयदेखि भारतको मुम्बईमा मोडलिङ गर्दै आएकी थिइन् । उनले यस अगाडी पनि फिल्म ‘हुदयभरी’ मा काम गरीसकेकी छिन् । यो फिल्म हालसम्म प्रदर्शन भएको छैन् । नयाँ फिल्ममा काम गर्न पाउँदा निकै खुशी भएकी श्रद्धाले ‘कृष्ण लीला’ मा नायक पुष्प खड्कासँग अभिनय गर्नेछिन् ।

प्रेम कथामा आधारित यस फिल्ममा श्रद्धा र पुष्पको साथै अन्य थुप्रै हास्य कलाकारहले पनि अभिनय गर्नेछन् । यस फिल्ममा रविन्द्र झा र बृद्धि तामाङ पनि विशेष भुमिकामा हुनेछन् । मंसिरको १५ गतेबाट सुर्टिङ सुरु हुने यो फिल्मको कथा तथा संवाद सञ्चारकर्मी लक्ष्मण सुवेदीको हुनेछ भने अर्जुन पोखरेलको संगित र फिल्मको छायांकन शिव ढकालले गर्नेछन् ।

प्रस्ततकर्तामा रोहित कट्टेल रहेको यस फिल्ममा पुष्प खड्का अहिले सम्म नदेखिएको भुमिकामा अभिनय गर्दैछन् । फिल्मको निर्माण भने रत्न श्रेष्ठले गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्