Logo

काठमाडौं एकैदिन १८७८ कोरोना संक्रमित थप



काठमाडौं, १९ कात्तिक । काठमाडौं उपत्यकामा आज एकै दिन १८ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३३ सय ९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १८ सय ७८ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा १३ हजार १ सय ४४  जनाको पिसीआर परिक्षणमा ३३  सय ९ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

त्यसैगरी आज २४ घन्टामा ३८४४ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ४४ हजार ८ सय ७८ रहेको छ । देशभर कुल संक्रमितको सख्या १ लाख ८६ हजार २ सय ३२ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्