काठमाडौं, २० कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टीभित्र गम्भीर संकट आएकोले तत्काल सचिवालय हुँदै स्थायी कमिटीदेखि केन्द्रीय कमिटीको बैठक राख्न प्रस्ताव राखेका छन् ।
बालुवाटारमा प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा दाहालले पार्टीभित्र उत्पन्न पछिल्ला समस्याहरुको हल गर्नको लागि पनि पार्टी कमिटी बैठकहरु बोलाउनुपर्ने र उक्त बैठकले गर्ने निर्णयलाई मानेर अघि बढ्नुपर्नेमा जोड दिएको नेता भीम रावलले रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ऋषि धमलालाई जानकारी दिए । आज भएको अध्यक्षद्धयको भेटवार्तामा सहमति भएन् । दुइृ अध्यक्ष आ–आफ्नो अडानमा अडिग रहेपछि सहमति हुन नसकेको बुझिएको छ । File Photo