Logo

आफ्नी श्रीमती अर्कैसँग भागेपछि श्रीमतीको गरे हत्या



सोलुखुम्बु, २० कात्तिक । आफुलाई छाडेर अर्कैसँग गएकी श्रीमतीसँग विवाद हुँदा पुर्व श्रीमानले पुर्व श्रीमतीको हत्या गरेका छन् । सोताङ गाउँपालिका–३ बानेल्दकी २८ वर्षीया सोमा लामाको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँका २९ वर्षीय होम बहादुर राईलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

होम बहादुरकी श्रीमती सोमालाई छिमेकी २६ वर्षीय नन्दराज राईले गत वैशाख महिनामा लगेर सँगै बस्दै आएको अवस्थामा सोही ठाउँ बस्ने कुमार राईको घरमा दुवैजनाको भेट भई विवाद हुँदा होम बहादुरले सोमालाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले होम बहादुरलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्