Logo

राजेन्द्र खड्गी भन्छन् : ‘ओली र प्रचण्ड दाई मिले देश हिट हुन्छ’ (भिडिओसहित)



काठमाडौं, २१ कार्तिक । द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल मिले देश हिट हुने विश्वास दिलाएका छन् । दुवै नेतालाई दाई भनेर सम्बोधन गर्ने खड्गीले दुवै नेता मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले चुनावमा आफूले प्रचण्डलाई सघाएको पनि खुलासा गरे । उनले आफूले नेताहरुप्रति विश्वास गरेको भन्दै जनताको पक्षमा काम गर्न पनि आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्