Logo

‘यो अवस्थामा फिल्म निर्माण गर्ने निर्माता बलभद्र र भिमसेन भन्दा बहादुर’



काठमाडौं, २१ कात्तिक । कोरोना संक्रमणबाट विश्व नै संकटमा परेको छ । यसबाट नेपाल पनि अछुतो छैन । कोरोनाको महामारीले भय र संकट बढाएको छ ।

लामो समय लकडाउन भएपछि तहस–नहस बनेको सम्पुर्ण क्षेत्रहरु अब भने चलमलाउन थालेका छन् । आठ महिना अघि बन्द भएका फिल्म क्षेत्रहरु हालसम्म सरकारले खोल्ने अनुमति दिएको छैन् । जसको कारण सिनेमाघर संचालन हुन सकेका छैनन् ।

सिनेमाघर नखोलिएपनि फिल्म सम्बन्धि कार्यहरु भने हुन थालेका छन् । कोरोना कहरकै कारण निर्माण हुन बाकी फिल्महरु फ्लोरमा जाने तयारी गरिरहेका छन् । फिल्मको सुर्टिङको अनुमति सरकारले नदिएपनि केही फिल्महरुले छायांकन सुरु गरेका छन् ।

हास्यकलाकार तथा निर्देशक निर्मल शर्माले यस्तो समयमा फिल्म निर्माण गर्न तम्सने लगानीकर्ताहरु बलभद्र कुंवर र भिमसेन थापा भन्दापनि बहादुर भएको संज्ञा दिएका छन् ।

शर्माले फेसबुकमा लेखेका छन्, ‘सरोकारवाला संघ–संस्थाहरु पहिले सर्मपित निर्माता निर्देशकहरुका तयार भएका र बिचमा रोकीएका चलचित्रहरुलाई सुरक्षित बनाउन पहल गर्नुस्, अनि मात्र नयाँ चलचित्र निर्माणको स्वीकृति दिनुहोला ।’

उनले नयाँ निर्माताहरुले अन्धाधुन्द तरिकाले लगानी गर्न तयार हुँदा स्वीकृति दिनेलाई उनीहरुको घरवार डुब्दा सबैलाई घनघोर पाप लाग्ने पनि बताएका छन् । शर्माले यस्तो परिस्थितिमा फिल्म निर्माण गर्न तम्सिने निर्माताहरुको भविष्यको बारेमा पनि सोच्न सम्बन्धित पक्षलाई सचेत गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्