Logo

पटाका सहित पक्राउ



काठमाडौं, २१ कात्तिक । पटाका सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कालिमाटीस्थित सडकबाट करिब १ लाख रुपैयाँ मूल्य बराबरको गोल्डेन कोब्रा लेखिएको ४० बण्डल पटाका सहित २ जना बिहीबार दिउँसो पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.१६ च ४९७८ नम्बरको गाडीमा जाँच गर्दा उक्त मूल्य बराबरको पटाका फेला पारी गाडी चालक जेसन राई लगायत २ जनालाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै सप्तरीको डाक्नेश्वरी फत्तेपुरबाट करिब १२ हजार रुपैयाँ मूल्य बराबरको बिभिन्न किसिमका पटाका सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तरहीबाट खटिएको प्रहरी टोलीले प्रदेश २–०३००५ प ९०१६ नम्बरको मोटरसाइकलमा सवार डाक्नेश्वरी न.पा.का चन्द्रकान्त राय समेत २ जनालाई उक्त पटाका सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्