Logo

ब्राउनसुगर सहित ३ जना पक्राउ



काठमाडौं, २१ कात्तिक । अवैध लागूऔषध ब्राउनसुगर ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं कोटेश्वर संगम बस्तीबाट ५ ग्राम लागूऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा झापा चारआली गाउँपालिका–१० घर भएकी सलिना श्रेष्ठ, झापा मेचीनगर नगरपालिका–१२ घर भएका छवि राना र उदयपुर घर भएका महेन्द्र राई रहेका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।-File Photo

 



प्रतिक्रिया दिनुहोस्