Logo

प्रधानमन्त्री ओली भेट्न सचिवालयका ५ जना बालुवाटारमा



काठमाडौं, २२ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५ जना सचिवालय सदस्यहरु प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका छन् । अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यष वामदेव गौतम र प्रवक्ता नारायणकाजी प्रधानमन्त्री ओलीलाई भेट्न आज बालुवाटार गएका हुन् ।

हिजोमात्रै, उनीहरुले पार्टी मुख्यालय धुम्बाराहीमा अनौपचारिक बैठक समेत राखेका थिए । हिजोकै बैठकमा उनीहरुले सचिवालय बैठक राख्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग सामूहिक आग्रह गरिने निर्णय गरेका थिए । सोहीअनुसार उनीहरु आज ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । अहिले छलफल जारी छ । file photo



प्रतिक्रिया दिनुहोस्